१३ बैशाख २०८१, बिहिबार

वैशाखमा स्थानीय तहको निर्वाचन गर्न गठबन्धन तयार

प्रकाशित मिति :  18 January, 2022 12:42 pm


काठमाडौं । वैशाखमा स्थानीय तहको निर्वाचन गर्न गबन्धनका नेताहरु सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज गठबन्धन नेताहरुको बैठक बसेको थियो । बैठकमा सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमा गर्न सहमत भएका हुन् ।

यसबारे थप छलफलको लागि बिहीबार फेरी बैठक बस्ने नेताहरुले बताएका छन् । स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश २०७९ जेठ ७, असार २१ र असोज ७ सकिँदैछ ।



प्रतिक्रिया दिनुहोस !