१५ चैत्र २०८०, बिहिबार

नेप्से १० अंकले घट्यो, कारोबार रकम भने ८ अर्ब माथि

प्रकाशित मिति :  18 January, 2022 3:29 pm


काठमाडौं । केहि दिन देखि लगातार बढ्दै गएको सेयरबजारमा साताको कारोबारको तस्रो दिन भने केही करेक्सन आएको छ ।
लगातार बढेको सेयर बजारमा आज लगानीकर्ताले नाफा बुक गर्न खोज्दा केही करेक्सन आएपनि अब छिट्टै नेप्सेले नयाँ रेकर्ड कायम गर्ने सेयर विज्ञहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १०.७८ अंकले घटेर २९३६.६६ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक भने १.१० अंकले बढेर ५४७.४६ अंकमा पुगेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये ४ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ वटा उपसमुहको सेयरमूल्ममा गिरावट आएको छ ।

आज नेप्सेमा कारोबार रकमका आधारमा अरुण पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २८ करोड ११ लाख ३९ हजार १ सय ३१ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा साम्लिङ पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य ९.४९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ । भने आज मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५ प्रतिशतले घटेर कारोबार भएको छ ।

कुल २ सय २४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५ सय ३० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५ सय ६१ रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !