८ बैशाख २०८१, शनिबार

कोरोना संक्रमण बढेको भन्दै सर्वोच्चको सेवा कटौती

प्रकाशित मिति :  18 January, 2022 4:32 pm


काठमाडौं । सर्वोच्च अदालतले कोभिड १९ को संक्रमण बढेको भन्दै संक्रमणको जोखिम न्यूनीकरण गर्नको लागि सेवा कटौती गरेको छ । अदालतले २०७८ माघ ५ गतेदेखि २०७८ माघ १८ गते सिमित विषयमामात्र सुनुवाई गर्ने जनाएको छ ।

माघ ५ गतेबाट सर्वोच्चमा मौलिक हक प्रचलनका रिट निवेदन, बन्दी प्रत्यक्षीकरण, कोरोना र जनस्वास्थ्य सरोकार सम्बन्धी रिटमाथि मात्र सुनुवाइ हुने जनाएको छ ।

यस्तै, निर्णय सुनाउने चरणमा रहेका मुद्दा, तल्लो अदालतले आदेश जारी गरेर माथिल्लो अदालतमा आउने निवेदन, हेर्दाहेर्दैमा रहेका मुद्दा र थुनुवामा भएका व्यक्तिको मुद्दा पनि सर्वोच्चमा सुनुवाइ हुने छ ।

सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिस्ट्रार लगायत ३१ जनामा संक्रमण देखिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !