२१ बैशाख २०८१, शुक्रबार

नेप्से ६ प्रतिशतले ओरालो लागेपछि शेयर कारोवार बन्द,१ दिनमा ९६ अंकले घट्यो

प्रकाशित मिति :  2 March, 2020 4:00 pm


काठमाडौ, १९ फागुन ।

नेपाल स्टक एक्सचेन्जले आज शेयर कारोवार स्थगित गरेको छ । कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि आजको कारोवार बन्द गरिएको छ ।

नेप्सेका अनुसार आज दिउँसो १ बजेर २९ मिनेटदेखि कारोवार स्थगित गरिएको हो । बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६.०६ विन्दुले ओरालो लाग्यो । उक्त गिरावट प्रतिशतका आधारमा ६.०६ हो ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत १९.२० ले ओरालो लागेर ३२१.४३ मा पुगेको छ । सेन्सेटिभ परिसूचकसमेत ५.६४ प्रतिशतले ओरालो लागेको छ । कूल १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता शेयर रु दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ कित्ता शेयर कारोवार भएको थियो ।

नेप्सेका अनुसार ‘सर्किट ब्रेक’ लाग्ने समयसम्म नेपाल लाइफ इन्सुुरेन्स कम्पनीको रु १५ करोड ६८ लाख ११ हजार २५६ बराबरको शेयर कारोवार भएको थियो । यस्तै एनआइसी एशिया बैंकको रु १४ करोड ६१ लाख ५२ हजार १५० र एनएमबी बैंकको रु आठ करोड ९५ लाख २३ हजार ६२० बराबरको शेयर कारोवार भएको थियो ।

आज बन्द भएको बजार मङ्गलबार भने सोही विन्दुबाट शुरु हुनेछ । नेप्सेका अनुसार कारोवार भएका सबै उपसमूहको सूचक घटेको छ । सामूहिक लगानी कोषको सबैभन्दा कम १.७४ प्रतिशतदेखि निर्जीवन बीमाको सूचक सबैभन्दा धेरै ७.४६ प्रतिशतले घटेको छ ।



प्रतिक्रिया दिनुहोस !