२७ बैशाख २०८१, बिहिबार

नेपाल टेलिकमले द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउने

प्रकाशित मिति :  20 January, 2022 5:17 pm


काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच उपलब्ध नभएका सुगम र अधिकांश दुर्गम स्थानहरुमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको जनाएको छ ।

प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता भएको छ ।

बुधबार भएको सम्झौतामा टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रा.लि. का सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् ।

फोरजी एलटीई नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले हाल व्यक्तिगत प्याकेज र सरकारी संस्था प्याकेजगरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको जनाएको छ ।

वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !