२३ बैशाख २०८१, आइतबार

दाङबाट प्रहरीकाे माेटरसाइकल लिएर भागेका कैदी यमराज नेपालगञ्जबाट पक्राउ

प्रकाशित मिति :  24 January, 2022 5:29 pm


घोराही । दाङबाट भागेका कैदी यमराज परियारलाई बाँकेको जमुनाह नाकाबाट पक्राउ परेका छन् । परियार जिल्ला कारागार कार्यालय दाङमा कर्तब्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय भई मिति २०७२ भदौ १६ गतेदेखि ७ वर्ष कैद सजाय भोगिसकेका कैदी हुन्।

गत पुस ८ गते छाला सम्बन्धि बिरामी भई उपचारको लागि जाने क्रममा घोराही बजारको बि.पी.चोकस्थित थकाली भान्सा घर एण्ड लजमा गई खाजा खाने क्रममा उनको उपचारको लागि अस्पताल ल्याउनर लैजान खटिएका प्रहरी जवान धन बहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाईकल लिई फरार भएको प्रहरीले जनाएको छ।

परियार पहिला चौकीदार र हाल नाईके भई कामकाज गर्दै आएका जिल्ला दाङ साबिक बेला गा.बि.स. वडा नं. ९ करङ्गा हाल राजपुर गाउँपालीका वडा नं. ३ बस्ने उनी भागेको एक महिनामा पक्राउ परेका हुन्।

प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा मार्फत भारतीय प्रहरी समकक्षीहरुसँगको समन्वयमा खोजतलास गर्ने क्रममा नेपाल भारतको सिमा क्षेत्र नेपालतर्फको नेपालगंज उप(महानगरपालीका वडा नं।१५ जमुनाह नाकामा पक्राउ गरिएको हो।

कारागार ऐन २०१९ को दफा २४ को ३ मा कैद म्याद ठेकिएको कैदी भागेमा पक्रिएपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको ब्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस !