१७ बैशाख २०८१, सोमबार

कोरोना प्रभावित मुलुकलाई १२ अर्ब डलर सहयोग गर्ने विश्व बैंकको घोषणा

प्रकाशित मिति :  4 March, 2020 12:47 pm


काठमाडौ, २१ फागुन । 

विश्व बैंकले कोरोना भाइरसबाट प्रभावित मुलुकहरूका लागि १२ अर्ब डलर सहयोगको घोषणा गरेको छ । विश्व बैंकले ६० भन्दा बढी मुलुक कोरोनाबाट प्रभावित भएको भन्दै आफ्ना सदस्य राष्ट्रलाई १२ अर्ब डलर अर्थात् १४ खर्ब बढी रुपैयाँ सहयोगको घोषणा गरेको हो ।

विश्व बैंक गुर्पले विकासशील मुलुकको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन सहयोग गर्ने जनाएको छ । कोरोना प्रभावित मुलुकका निजी क्षेत्रसँग मिलेर ती देशको अर्थतन्त्रलाई कम प्रभावित पार्न कामका लागि सहयोग गर्ने पनि जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !