२५ बैशाख २०८१, मंगलबार

पछिल्लो २४ घण्टामा एक हजार ९ सय जनाभन्दा बढि कोरोना भाइरसका संक्रमित थपिए

प्रकाशित मिति :  8 February, 2022 4:59 pm


काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार ९ सय ५७ जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कुल संक्रमितको संख्या ९ लाख ६८ हजार ६११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ६ सय ९२ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज ५ हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख २० हजार ५ सय ९२ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस !