२१ बैशाख २०८१, शुक्रबार

रोल्पा नगरपालिकामा विद्युतीय भुक्तानी सुरु, सबै प्रकार कर अनलाइनबाट तिर्न सकिने

प्रकाशित मिति :  10 February, 2022 6:30 pm


रोल्पा । रोल्पा जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले विद्युतिय भुक्तानी (इपेमेन्ट) सेवा सुरु भएको छ । बिहीबार एक कार्यक्रमकाबीच मेयर पूर्ण केसीले सेवाको सुरुवात गरेका हुन्। 

सेवा सुरु भएसँगै रोल्पा नगरपालिकालाई तिर्नुपर्ने करहरु अनलाइनबाटै तिर्न सकिने भएको छ । इपेमेन्ट सेवाको लागि मोबाइल वालेट इसेवासँग नगरपालिकाले सम्झौता गरेको हो। 

“अब नगरपालिकामा पुगेर दाखिल गर्नुपर्ने सम्पत्ति कर, बाहल कर र व्यवसाय कर लगायतका कर घरमै बसेर इन्टरनेटबाट तिर्न सकिनेछ,” नगरपालिकाका आईटी अफिसर निशान आचार्यले लुम्बिनीसञ्चारसँग भने, “रोल्पा नगरपालिकाको वेभसाइटमा गई इसर्भिस सेवामा गएर यो सुविधा लिन सकेछ।” 

तत्काललाई इसेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएकोमा आवश्यकता अनुसार अन्य मोबाइल वाटेलसँग पनि यसका लागि सहकार्य गर्न सक्ने नगरपालिकाले जनाएको छ। 

नगरवासीको सुविधालाई मध्यनजर गरेर नगरपालिका र मातहतका वडा कार्यलयसमेतमा कर तिर्न भौतिक रुपमा उपस्थित नभए पनि हुने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। सेवा लिन सुरूमा सेवाग्राहीले अनलाइन फाराम भरेर युजरनेम र पासवर्ड लिनु पर्नेछ । 

सेवा लिनका लागि व्यवसाय वा व्यक्तिगत विवरण भने पहिले नै नगरपालिकामा दर्ता भएको हुनुपर्नेछ । सम्बन्धित व्यक्तिको नागरिकता, इमेल, मोबाइलहरु लगायतका विवरण नगरपालिकाले अद्यावधिक (अपडेट) भएको अवस्थामा विद्युतिय भुक्तानी सेवा लिन सहज हुने नगरपालिकाले जनाएको छ।

सेवा लिन यहाँ क्लीक गर्नुहाेस् 



प्रतिक्रिया दिनुहोस !