२८ भदौ २०८३, आइतबार

स्याङ्जाका बन्द विद्यालय आइतबारदेखि खुल्ने

प्रकाशित मिति :  11 February, 2022 5:18 pm


स्याङ्जा । कोभिडका कारण बन्द भएका स्याङ्जाका विद्यालय आइतबारदेखि खुल्ने भएका छन्। 

जिल्ला कोभिड व्यवस्थापन समिति तथा सुरक्षा समितिको बैठकले फाल्गुन १ गतेबाट विद्यालयहरु खोल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए।

जिल्लामा धार्मिक क्रियाकलाप तथा अन्य गतिविधिहरु पनि जनस्वस्थ्यका मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने गृह मन्त्रालयको निर्णय अनुसार विद्यालय खाेल्ने निर्णण गरिएकाे पाैडेलले बताए।



प्रतिक्रिया दिनुहोस !