१५ बैशाख २०८१, शनिबार

एनसेलले भ्वाइसकलको शुल्क घटायो, सबै नेटवर्कमा कल गर्दा एउटै शुल्क कायम

प्रकाशित मिति :  12 February, 2022 11:15 am


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नेपालका जुनसुकै दुरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाएको छ ।

एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक रु १.९९ प्रति मिनेटबाट घटाइ कर बाहेक प्रति मिनेट रु १.६२ कायम गरेको जनाएको छ ।

अन्य दुरसञ्चार सेवा प्रदायकको नेटवर्कमा पनि एनसेलका ग्राहकले एउटै कलदरमा भ्वाइस सेवा पाउनेछन् । यो सेवा एनसेल प्रिपेडका ग्राहकहरुले मात्र पाउनेछन् ।

यो परिमार्जित नयाँ महशुल दर शुक्रबारबाट लागू भएको एनसेलले उल्लेख गरेको छ । नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले *१७१०७# डायल गरि सेवा निःशुल्क सुचारु गर्न सक्छन् ।

नयाँ महशुल दर २०७९ साउन २४ गते सम्ममात्र लागु हुने एनसेलले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !