१७ बैशाख २०८१, सोमबार

पछिल्लो २४ घण्टामा ६३९ जनामा कोभिड संक्रमण पुष्टी

प्रकाशित मिति :  16 February, 2022 5:26 pm


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या तथा मन्त्रालयका अनुसार देशभर ९ हजार ७ सय ५६ जनाको नमुनामा परीक्षण गर्दा ६ सय ३९ जनालाई कोभिड संक्रमण पुष्टि भएको हो ।

कोभिडका कारण आज ३ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय जना संक्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ५१ पुगेको छ ।

नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !