१२ श्रावण २०८१, शनिबार

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी

प्रकाशित मिति :  10 March, 2020 12:22 pm


काठमाडौं, २७ फागुन । नेपाली बजारमा सुनको मूल्य लगातार बढ्ने क्रम जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले फागुन २७ गते मंगलबारका लागि छापावाल सुनको भाउ प्रतितोला ८२ हजार ७ ०० रुपैयाँ निर्धारण गरेको छ । यो अहिलेसम्मकै महंगो हो । यसैगरि तेजाबी सुनको मूल्य प्रतितोला ८२ हजार ४०० रुपैयाँ र चाँदी ८८० रुपैयाँ कायम गरिएको छ ।

चाँदीको भाउ भने शुक्रबारको तुलनामा प्रतितोला १० रुपैयाँले सस्तो भएको हो। फागुन यता मात्रै सुनको भाउ प्रतितोला ६ हजार ७०० रुपैयाँले बढिसकेको छ। गत साता मात्रै सुन ३ हजार ३०० रुपैयाँले महङ्गिएको थियो।



प्रतिक्रिया दिनुहोस !