१६ बैशाख २०८१, आइतबार

एनसेलको नयाँ अल टाइम डेटा प्याक, बढ्यो नन्स्टप यूट्युब डेटा प्याकको भोलुम

प्रकाशित मिति :  2 March, 2022 12:14 pm


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । नन्स्टप यूट्युब अफर अन्तर्गतको नयाँ अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको एनसेलले जनाएको छ ।

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले कर सहित मात्र रु १२५ मा सुचारु गर्न सक्नेछन् । त्यस्तै नन्स्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु १४७ मा ७ दिनको समयसिमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्स्टप पहुँच पाउने एनसेलले जनाएको छ । पहिला यस यूट्युब प्याकमा यही मुल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए ।

यी प्याकहरु मंगलबारबाट सञ्चालनमा आएको छ । ग्राहकले *१७१२३# डायल गरि नयाँ ५ जीबी अल टाइम डेटा प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले नन्स्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि *१७१२३# डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सकिनेछ ।

ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्नेछन् । यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य हुने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस !