१६ बैशाख २०८१, आइतबार

नजिकिदैँ गरेको निर्वाचनका लागि एकजुट भै लाग्न पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको आग्रह

प्रकाशित मिति :  6 March, 2022 1:42 pm


स्याङजा । स्थानिय तहको निर्वाचन तोकिए सँगै जिल्लाहरुमा नेताहरुको दौडधुप बढ्दै गएको छ । स्याङजा जिल्लामा पनि विभिन्न दलका नेताहरुले आफ्ना कार्यर्कताहरुलाई चुनावको तयारी गर्न आह्वन गरेका छन् ।

त्यसैगरि नेपाली काङ्ग्रेसका पुर्ब केन्द्रिय उपसभापति एबम पुर्ब उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले नेपाली काङ्ग्रेस स्याङ्जा जिल्ला कार्यसमितीद्धारा आयोजित अन्तर्कृया कार्यक्रममा बोल्दै नजिकिदै गरेको निर्वाचनका लगि सबै नेता तथा कर्याकर्ता एकजुट भै लाग्न सुझाव दिएका छन् । उनले बिगतका तीता कुरा बिर्सेर नेपाली कांग्रेसलाई जिताउने अभियानमा जुट्न आग्रह गरेका थिए । साथै उनी शुक्रबार भीरकोट नगरपालिकाको स्वास्थ्य चौकी उद्धघाटन कार्यक्रममा स्याङजा आएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठ , जिल्ला सभापति राजु थापा , उपसभापति केदार काफ्ले लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको भीरकोट नगर प्रवक्त दिपेन्द्र केसीले जानकारी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !