२३ बैशाख २०८१, आइतबार

सवारी दुर्घटनामा परेकालाई जन्मदिनको अवसरमा आर्थिक सहयोग

प्रकाशित मिति :  3 April, 2022 11:34 am


स्याङ्जा । भीरकोट नगरपालिकाका वडा नं ५ का अध्यक्ष तथा भीरकोट नेपाली कांग्रेसका पार्टी सभापति लक्ष्मण अधिकारीले आप्mनो जन्म दिनमा आर्थिक सहयोग गरेका छन् ।

अधिकारीले सवारी दुर्घटनामा परि उपचारको क्रममा रहेकी भीरकोट नगरपालिका ९ निवासी अनु गुरूङलाई रू ११,५५५ रुपैँया आर्थिक सहयोग गरेका हुन् । भने ५५ जना वालवालिका लाई स्टेशनरी सामाग्री वितरण गरेका थिए । यस्तै, भीरकोट ८ निवासि चोल बहादुर गुरुङलाई बैसाखि प्रदान गरेका थिए ।

युके निवासि सुधा थापाले पठाएको सहयोग रकम रु ११,२०० भिरकोट तरुण दलका अध्यक्ष राजकुमार गुरुङले अनु गुरुङ्लाई हस्तान्तरण गरेका थिए । अधिकारी आउँदो निर्वाचनका लागि भीरकोट मेयरको लागि बलियो दाबेदार समेत हुन् ।



प्रतिक्रिया दिनुहोस !