१७ बैशाख २०८१, सोमबार

स्याङ्जामा ६७ हजार बढी बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाईने

प्रकाशित मिति :  7 April, 2022 12:58 pm


स्याङ्जा । स्याङ्जा जिल्लामा १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई टाइफाईड रोग विरुद्धको खोप लगाईने भएको हो ।

स्वास्थ्य कार्यालयकी प्रमुख बसुन्धरा शर्माका अनुसार जिल्लाभरका ६७ हजार ४ सय ४० जना बालबालिकालाई अभियान अन्तर्गत खोप दिईने भएको छ भने १५ महिनाका बालबालिकालाई सबैलाई नियमित खोप दिईने छ।

जिल्लाभरका ५४३ खोप केन्द्र स्थापनागरी १ हजार ८६ जना स्वयंसेवक परिचालन गरिने उनले बताइन् । जिल्लाका पुतलीबजार, वालिङ्, गल्याङ, हरिनास, अर्जुनचौपारी र कालीगण्डकीमा चैत २५ देखि ३० सम्म र भीरकोट, चापाकोट, आधीखोला, फेदिखोला र बिरुवामा चैत २७ देखि ३० गतेसम्म खोप अभियान संचालन हुने प्रमुख शर्माले बताइन्।

जिल्लामा ९५ प्रतिशत खोप लगाउने लक्ष्य रहेका उनले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !