१७ बैशाख २०८१, सोमबार

वालिङ नगरपालिकामा स्थानिय उत्पादन बजारीकरण गर्न कोसेली घर

प्रकाशित मिति :  17 April, 2022 12:16 pm


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याएको छ । स्थानिय स्तरमा उत्पादन भएका वस्तुहरुको बजारीकरणमा जोड दिदैँ कोसेली घर सञ्चालनमा ल्याइएको हो ।

नगरप्रमुख दिलिप प्रताप खाँणका अनुसार वालिङ नगरपालिकाभित्रका स्थानिय स्रोत र साधनको अधिकतम प्रयोग गरी निर्माण गरिएका स्वीटर, तानका कपडा र अन्य हस्तकलाका सामाग्रीहरु कोसेली घरबाट बिक्रि हुने जानकारी दिए ।

उनले भने,“नगपालिका भित्रका स्थानियस्तरमा उत्पादन भएका सामग्रीहरुको प्रचार प्रसार हुनुकासाथै बजारीकरणकालागि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वासमा छौँ ।’’

वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने क्रममा खाद्य तथा तरकारी र मासुजन्य उत्पादनलाई ब्यवस्थित गर्नकालागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थालाई जिम्मा दिईएको छ ।

साथै केही समय अघि ‘आमाको हात घर–घरको स्वाद’ भन्ने मुलनाराका साथ वालिङ नगरपालिकामा अर्गानिक अचारको व्यवशायीक उत्पादन र बिक्रिबितरण समेत शुरु गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !