२२ बैशाख २०८१, शनिबार

पुनर्बहाली गर्दै गर्भनरले भने “कसैप्रति आग्रह–पूर्वाग्रह नराखी काम गर्छु”

प्रकाशित मिति :  20 April, 2022 12:51 pm


काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी आजदेखि काममा फर्किएका छन् । मंगलबार सर्वोच्च अदालतले काम गर्नबाट नरोक्न भनि अन्तरिम आदेश जारी गरेसँगै गर्भनर अधिकारी काममा फर्किएका हुन् ।

आजदेखि राष्ट्र बैंकमा पुनर्बहाली गरेपछि कसैप्रति आग्रह–पूर्वाग्रह नराखी काम गर्ने बताएका छन्। ”हामी व्यक्तिभन्दा पनि संस्था हौं । यो सिस्टमका लागि आएको आदेश हो, म त एउटा माध्यम मात्रै हुँ,” उनले भने, ”विभिन्न घटना–परिघटनाले यस्तो स्थिति ल्याउँछन्, हामीले जिम्मेवारी निर्वाह गर्दा सबैसँग आवश्यक समन्वय सम्पर्क गरिरहने छौं ।”

आग्रह–पूर्वाग्रह राखेर काम गर्ने नहुने भएकाले यसतर्फ सतर्क हुनु पर्ने उनकाे धारणा छ । आफ्नो निवेदन सर्वोच्चमा विचाराधीन नै रहेको हुँदा यस विषयमा धेरै नबोल्ने उनले बताए ।

अर्थमन्त्री जनार्दन शर्माले सरकारलाई असहयोग गरेकोसहित विभिन्न गम्भीर आरोपहरु लगाएर अधिकारीलाई निलम्बन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !