१७ बैशाख २०८१, सोमबार

स्याङ्जामा एमालले टुङ्ग्यायो सबै पालिकाका प्रमुख

प्रकाशित मिति :  25 April, 2022 2:34 pm


स्याङ्जा । स्याङ्जा जिल्लामा नेकपा एमालेले स्थानीय तह सदस्य निर्वाचनका लागि सबै पालिकामा उम्मेद्वारकाे टुङ्गाे लगाएकाे छ । सबै पालिकाको लागि अध्यक्ष र उपाध्यक्ष चयन गरेकाे हाे भने केही वडाहरूमा भने बाँकी छन्।

नेकपा एमालेबाट भीरकोट नगरपालिकामा अध्यक्षमा विश्वनाथ अर्याल र उपाध्यक्षमा सरस्वती अधिकारी चयन भएका छन् भने वालिङ नगरपालिकामा अध्यक्षमा कृष्ण खाँण र उपाध्यक्षमा खगिसरा थापा चयन भएका छन् ।

गल्याङ नगरपालिकामा अध्यक्षमा पारस गैह्रे र उपाध्यक्षमा देवी थापा मगर चयन भएका छन् । चापाकोट नगरपालिकामा अध्यक्षमा राजु कोइराला चयन भएका छन् भने उपाध्यक्षकाे अन्तिम टुङ्गाे लगाइरहेकाे छ।

पुतलीबजार नगरपालिकाको अध्यक्षमा सिमा क्षेत्री र उपाध्यक्षमा महेश पुरी चयन भएका छन् । आधिँखोला गाउँपालिकामा अध्यक्षमा विश्व पौडेल र उपाध्यक्षमा सिता थापा चयन भएका छन् ।

अर्जुनचौपारी गाउँपालिकामा अध्यक्षमा चिनमाया गुरुङ र उपाध्यक्षमा टंकप्रसाद खनाल चयन भएका छन् । हरिनास गाउँपालिकामा अध्यक्षमा खिमनारयण मान्रधर र उपाध्यक्षमा इन्द्र कुमारी राना चयन भएका छन् ।

विरुवा गाउँपालिकामा अध्यक्षमा सूर्य बहादुर कुवर चयन भएका छन् भने उपाध्यक्ष चयन हुने क्रममा छन्।

फेदीखोला गाउँपालिकाको अध्यक्षमा घनश्याम सुवेदी चयन भएका छन् भने उपाध्यक्ष बाँकी छन् । कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा खिम थापा र उपाध्यक्षमा सावित्रा कोइरला चयन भएका छन् । वडाध्यक्षसमेत बाँकीकाे टुङ्गाे लगाउन एमालेमा छलफल जारी छ।



प्रतिक्रिया दिनुहोस !