३१ जेष्ठ २०८३, आइतबार

कांग्रेस पाल्पा लगायो उम्मेदवारको टुङ्गो

प्रकाशित मिति :  25 April, 2022 2:41 pm


पाल्पा। नेपाली कांग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवार टुङ्गाे लगाएको छ । पाँच दलीय गठबन्धनमा भागबण्डा भए अनुसार ६ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेको हो।

तानसेन नगरपालिकाको नगरप्रमुखको उम्मेदवारका लागि सन्तोषलाल श्रेष्ठ उम्मेदवार बनेका छन् । रामपुर नगरपालिकामा रमणबहादुर थापा नगर प्रमुख र उप–प्रमुखमा बालकुमारी थापा उम्मेदवार चयन भएका छन्।

निस्दी गाउँपालिका अध्यक्षमा गोविन्द प्रसाद अर्याल र पूर्वखोला गाउँपालिका उपाध्यक्षमा बिष्णु कुमारी आचार्य, रम्भा उपाध्यक्षमा बिष्णु कुमार थापा चयन भएका छन्।

माथागढी गाउँपालिका अध्यक्षमा सन्तोष थापा र उपाध्यक्षमा विजया भट्टराई तथा वगनाशकाली गाउँपालिका अध्यक्षमा सुनिता अधिकारी र रिब्दीकोट गाउँपालिका उपाध्यक्षमा शान्ता अधिकारी चयन भएका छन्।

त्यस्तै रैनादेवी छहरा गाउँपालिकामा रूक्मागत भट्टराई र तिनाउँ गाउँपालिका उपाध्यक्षमा लालबहादुर थापालाइ उम्मेदवार बनाउने निर्णय भएको नेपाली काँग्रेस सूचना विभाग प्रमुख सन्तोष कुमार थापाले जानकारी दिए।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा एमाले विरुद्ध पाँच दलिय गठबन्धनले संयुक्त उम्मेदवारी दिने भएका हुन्।



प्रतिक्रिया दिनुहोस !