१५ चैत्र २०८०, बिहिबार

चीनमा बढ्न थाल्यो कोरोना, सांघाइमा मात्र ५ हजार ४८७ संक्रमित

प्रकाशित मिति :  29 April, 2022 12:37 pm


काठमाडौं । चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ ।

चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा बिहीबार मात्र ५ हजार ६४६ जना संक्रमित भेटिएका हुन् । पछिल्लो समयमा चीनको सांघाइ सहरमा धेरै संक्रमित देखिएका छन् । सांघाइमा मात्र गएको २४ घन्टायता ५ हजार ४८७ जना संक्रमित देखिएका बताइएको छ ।

चीनका विभिन्न सहर र राजधानी बेइजिङमा थप संक्रमितहरु देखिने क्रम जारी नै रहेको बताइएको छ । चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन् ।

पछिल्ला हप्ताहरुमा चीनको सांघाइ सहरमा सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका हुन् । सांघाइ सहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ । सांघाइमा हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरु देखिन थालेका छन् र ती मध्ये अधिकांश चीनभित्रै संक्रमणमा परेका हुन् । रासस



प्रतिक्रिया दिनुहोस !