१५ चैत्र २०८०, बिहिबार

कलेज स्तरिय ‘व्यवस्थापन क्वीज कम्पिटिसन २०२२’ मा सायम कलेज प्रथम

प्रकाशित मिति :  5 May, 2022 7:08 am


काठमाडौं । कलेज स्तरिय व्यवस्थापन हाजिरीजवाफ प्रतियोजिता (क्वीज कम्पिटिसन) मा सायम कलेज प्रथम भएको छ । प्रतियोगितामा सिटिजन कलेज उप विजेता (फस्ट रनरअप) बन्न सफल भएको छ ।

नेपाल कलेज अफ इन्फरर्मेसन टेक्नोलोजी (एनसीआईटी) अन्तर्गतको एनसीआईटी म्यानेजमेन्ट क्लवले आयोजना गरेको सो ‘इन्टर कलेज म्यानेजमेन्ट क्वीज कम्पिटिसन २०२२’ मा उपत्यकाका १६ वटा व्यवस्थापन कलेजका विद्यार्थीहरुको सहभागिता थियो ।

विजेता सायम कलेजको समूहले ५१ हजार एक सय रुपैयाँसहित ट्रफी र उप विजेता सिटिजन्स कलेजको समूहले २० हजार रुपैयाँ र ट्रफी पाएको छ।

प्रथम बनेको सायम कलेजका तर्फबाट समूहमा धर्म प्रसाद ओली, पुरुषोत्तम मल्लिक, दिप चन्द र भरत देउवा सहभागी थिए ।
विद्यार्थीको ज्ञानको स्तर बढाउन यस्ता प्रतितियोगिता सहयोगी हुने सायम कलेजमा बीबीए आठौं सेमेस्टर अध्ययनरत पुरुषोत्तम मल्लिकले बताए ।



प्रतिक्रिया दिनुहोस !