२७ बैशाख २०८१, बिहिबार

नेपाल टेलिकमको निर्वाचन अफर

प्रकाशित मिति :  7 May, 2022 3:50 pm


कामाडौं । नेपाल टेलिकमले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ ।

आइतबारदेखि जेठ ४ गतेसम्मका लागिड भ्वाइस, एसएमएस र डाटाका अफहरु ल्याएको हो । कम्पनीले ३ दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक ९८ रुपैयामा उपलब्ध हुने जनाएको छ।

त्यसैगरी ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि ९८ मा उपलब्ध हुनेछ।

डाटा प्याकमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा पनि ९८ रुपैयामा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सुविधा खरिद गर्न सकिनेछ।



प्रतिक्रिया दिनुहोस !