१७ बैशाख २०८१, सोमबार

स्याङ्जाको भीरकोटमा मेयरका उम्मेद्वारकाे घर नजिक शंकास्पद वस्तु फेला

प्रकाशित मिति :  9 May, 2022 9:50 am


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ६ मा शंकास्पद वस्तु फेला परेको छ । नेकपा एमालेको तर्फबाट भीरकोट नगरपालिकाको मेयर पदका उम्मेदवार बनेका विश्वनाथ अर्यालको घर जाने बाटोमा देखिएकाे साे वस्तु कुकर बमजस्ताे देखिन्छ ।

भीरकोट नगरपालिका वडा नम्बर ६ मा स्थानीय बासिन्दाले बिहान ५ बजेतिर अर्यालको घर जाने बाटोमा कुकर जस्तो वस्तु देखेपछि सुरक्षाकर्मीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले बताए ।

जिल्लाबाट आएको सेनाको बम डिस्पोजल टोलीले कुकर बम जस्तो देखिने सो वस्तुको अध्ययन गर्दा भित्र सामान्य खालको ढुङ्गा रहेको र घटनाबारे थपअनुसन्धान जारी रहेको खनालले बताए ।

हिजो नै भीरकोट नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताले कांग्रेसका उम्मेदवारहरुलाई ढुङ्ग प्रहार गरेर घाइते बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस !