११ बैशाख २०८१, मंगलबार

स्याङ्जामा मंगलबारदेखि मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक

प्रकाशित मिति :  9 May, 2022 12:04 pm


स्याङ्जा । स्याङ्जा जिल्लामा मादक पदार्थ बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ । 

जिल्ला प्रशासन कार्यलय स्याङ्जाले  सूचना सार्वजनिक गर्दै वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचनको परिणाम घोषण नभएसम्मको लागि निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। 

जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सार्वजनिक गरेको सूचनामा स्थानीय तह निर्वाचन, २०७९ को सन्दर्भमा जिल्ला निर्वाचन सुरक्षा समिति, स्याङ्जाको मिति २०७९ वैशाख २५ गतेको बैठकबाट स्याङ्जा जिल्लाभर मिति २०७९ वैशाख २७ गते रति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषण नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरिएकाे हाे। 

सूचना आदेश विपरितको कार्य गरेको पाइएमा कानून बमोजिम कारबाही हुने प्रशासनले जनाएकाे छ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका,२०७८ को दफा ६ (थ) गृह मन्त्रालय निर्वाचन सेलको च.नं. २३४६ मिति २०७९ वैशाख २३ को पत्र अनुसार  देशैभरका जिल्ला प्रशासन कार्यालयहरूले यस्ताे सूचना जारी गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस !