८ बैशाख २०८१, शनिबार

रोल्पाको गंगादेवमा झडप,  तरुण दलका वडा अध्यक्ष घाइते 

प्रकाशित मिति :  10 May, 2022 8:06 am


उमा के सी

रोल्पा। रोल्पाको गंगादेव गाउपालिकामा वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी नेपाली कांग्रेस दुईजना कार्यकर्ता घाइते भएका छन् । 

घाइेते हुनेमा नेपाली कांग्रेसकाे भातृ संगठन तरूण दलका वडा अध्यक्ष मान बहादुर बुढा मगर र कमल बुढा मगर रहेका छन् । 

माओवादीका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेकाे कांग्रेसका गंगादेव गाउपालिकाका सुनिल वलीले बताए।

घाइतेमध्य मान बहादुरको अवस्था गम्भीर भएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको बताइएको छ।

घटना भएको थाहा पाए लगतै जिल्ला प्रहरी कार्यालका डिएसपी विनोद घिमिरेको टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी थमन जिसीले बताए। घटनाको थप विवरण आउन बाकी रहेको उनले बताए।



प्रतिक्रिया दिनुहोस !