७ बैशाख २०८१, शुक्रबार

रोल्पामा २९ मतदान केन्द्र अति संवेदनशील, मतदाता पुरुष भन्दा महिला धेरै  

प्रकाशित मिति :  11 May, 2022 8:15 am


उमा केसी-

रोल्पा । रोल्पामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी गरिएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी वल र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएका कारण सुरक्षामा कुनै समस्या नहुने जिल्ला सुरक्षा समितिका प्रमुख तथा जिल्ला अधिकारी नवराज सापकोटाले बताए। 

जिल्लामा ८१ मतदान स्थल र १ सय ७३ मतदान केन्द्र रहेका छन् । जस मध्ये २९ अति संवेदनशील, ४० संवेदनशील र १२ समान्य रहेको सापकोटाले बताए।

रोल्पामा ४५० जना नेपाली सेना, ४९९ नेपाल प्रहरी, ३११ सशस्त्र प्रहरी र ८३३ जना म्यादी प्रहरी परिचालन गरिएको सापकोटाले जानकारी दिए। 

उनले निर्वाचन सुरक्षाका लागि वैशाख २ गतेदेखि नै सुरक्षा निकाय परिचालन भएको बताउनु भयो । जिल्लामा पछिल्ला दिनमा राजनैतिक दलहरुको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण सुरक्षा चूनौती भने थपिएकोे वताएको छ  । 

रोल्पामा ७१ हजार ९ सय ३४ जना पुरुष र ७३ हजार ५ सय १० महिला गरेर १ लाख ४५ हजार ४ सय ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ध्रिता कुमारी खत्रीले जानकारी दिइन् । जिल्लामा पुरुष मतदाता भन्दा १ हजार ५ सय ७६ महिला मतदाता बढी रहेका छन् । 

पुरुषहरु वैदेशिक रोजगारीको क्रममा लामो समय देश वाहिर भएका कारण महिला मतदाताको संख्या बढी देखिएको बताइएको छ । मतदाता सूचीमा करिव १  हजार ५७६ बढी मात्र महिला मतदाता देखिए पनि मतदानमा यो संख्याको अन्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

जिल्लामा चुनावी प्रचार प्रसारमा समेत महिलाको संख्या बढी देखिएका कारण मतदानमा समेत यसको प्रभाव पर्न सक्ने अनुमान गरिएको हो। 

रोल्पामा स्वतन्त्र सहित १ हजार १ सय ३० जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जिल्लाका केही मतदान केन्द्रलाई मात्र संवेदनशील भनिएकोमा पछिल्ला दिनमा राजनैतिक दलमा देखिएको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण जिल्लाका सबै मतदान केन्द्र संवेदनशील रहेको बताइएको छ । 



प्रतिक्रिया दिनुहोस !