२३ बैशाख २०८१, आइतबार

मंगलकाे सतहमा लामो समयसम्म पानी रहेको चीनकाे दाबी

प्रकाशित मिति :  12 May, 2022 7:04 pm


काठमाडौं । चीनले मंगल ग्रहकाे सतहमा निकै लामाे समयसम्म पानी रहेकाे दाबी गरेकाे छ । मंगल ग्रह रहेको चीनको राेबाेटले भेट्टाएको खनिज पदार्थकाे विश्लेषणले लामो समयसम्म पानी रहेको संकेत गरेको बताइएकाे छ।

राेबाेटले पठाएकाे तस्बिरहरू सार्वजनि गर्दै चिनले खनिज रहेको माटोको नमूनामा कडा क्रस्ट रहेकाे जनाएकाे छ। सतहको पानी बढेर वा हिउँ पग्लिएपछि वाष्पीकरण भएर बनेका हुन सक्ने चिनियाँ वैज्ञानिकहरुले बताएका छन्।

चिनियाँ झुरोङ रोभरले मंगल ग्रहमा रहेको यूटोपिया प्लानिशियामा गत वर्ष अवतरण गरेदेखि नै अनुसन्धान गरिरहेको छ। अवतरण गरेको ठाउँबाट २ किलोमिटरसम्म गएर तथ्याङ्क संकलन गरिरहेको रोयटर्सले प्रकाशित गरेकाे समाचारमा उल्लेख छ।

झुरोङ रोभरले पठाएको डाटाको विश्लेषण गर्दा नमूनाका रुपमा संकलित ७० करोड वर्षअघिका खनिजमा पानीका अवशेष पाइएको बताइन्छ । यसबारेमा बुधबार साइन्स एडभान्सेज नामक जर्नलमा वैज्ञानिकहरुद्वारा प्रकाशित लेखमा विस्तृतमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !