१६ चैत्र २०८०, शुक्रबार

१०३औँ जन्मदिन मनाउदैँ संस्कृतिविद् सत्यमोहन, मतदान नगर्ने

प्रकाशित मिति :  13 May, 2022 3:16 pm


काठमाडौं । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन परिवारिकरुपमा मात्र मनाइने भएको छ ।

स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिए।

केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई समय समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको हेमन्तले जानकारी दिए।

संस्कृतिविद् जोशी अहिले अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएकाले मतदानमा सहभागी हुन नसक्ने हेमन्तले बताए। रासस



प्रतिक्रिया दिनुहोस !