१६ बैशाख २०८१, आइतबार

लोकतान्त्रिक अभ्यासबाट घर आँगनको सरकार छानौँः उपाध्यक्ष पौडेल

प्रकाशित मिति :  13 May, 2022 3:29 pm


बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालको संवैधानिक व्यवस्था बमोजिम स्थानीय सरकार नेपाली जनताको घर आँगनको सरकार भएकाले लोकतान्त्रिक प्रक्रियाबाट यस्तो सरकार छान्न आग्रह गरेका छन् ।

पूर्व अर्थमन्त्रीसमेत रहेको पौडेलले आज देशैभरि स्थानीय सरकार निर्माणका लागि भइरहेको मतदान लोकतान्त्रिक अभ्यासको सुन्दर उदाहरण भएको बताए ।

बिहान बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले आफ्नो विवेकको प्रयोग गरी नागरिकले घरआँगनका सरकार छान्न नागरिकलाई आग्रह गरेका हुन् ।

उनले निर्वाचनको माध्यमबाट शक्तिशाली स्थानीय सरकार निर्माण गर्ने जन चाहना पूरा भएको भन्दै यस निर्वाचन र यसपछिको नेतृत्वले जनता र जनप्रतिनिधीबीचको सम्बन्धलाई जिवन्त बनाउने विश्वास व्यक्त गरे। रासस



प्रतिक्रिया दिनुहोस !