१७ बैशाख २०८१, सोमबार

नेपालगञ्ज उपमहानगरमा कांग्रेसको अग्रता

प्रकाशित मिति :  14 May, 2022 5:43 pm


नेपालगञ्ज । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–२३ मा १९८ मतगणना हुँदा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार प्रशान्त विष्टले ७९ मत प्राप्त गरी अग्रता लिएका छन् । नेकपा ९एमाले०का पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत प्राप्त गरेका छन् ।

नगर उपप्रमुखमा जनता समाजवादी पार्टी ९जसपा०का कमरुद्धिन राईले ६८, एमालेका शान्ति ढकालले २६ र राप्रपाकी विन्दु चर्तीमगरले ७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए।

बाँकेको बैजनाथ र नरैनापुर गाउँपालिकामा कांग्रेस, खजुरा गाउँपालिका र राप्ती सोनारीमा एमाले र कोहलपुर नगरपालिकामा नेकपा ९माओवादी केन्द्र०ले अग्रता लिएको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस !