१३ बैशाख २०८१, बिहिबार

त्रिभुवन विश्वविद्यालयमा आइतबार बिदा नहुने

प्रकाशित मिति :  15 May, 2022 5:55 pm


काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा तत्काल आइतबार बिदा नहुने भएको छ ।

विश्वविद्यालयले आइतबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सावर्जनिक बिदा नहुने जनाएको छ ।

विश्वविद्यालयले कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको कारण उल्लेख गर्दै बिदा नहुने जनाएको हो ।

“विश्वविद्यालयमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयको पाठ्यक्रमको संरचनासमेत छ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएकोले अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवाहरू सञ्चालनमा रहने,” विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !