७ जेष्ठ २०८१, सोमबार

सुनकोशी ३ मा काँग्रेसका चन्द्र श्रेष्ठ विजयी

प्रकाशित मिति :  17 May, 2022 7:00 am


काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका ३ मा गठबन्धन प्यानल विजयी भएको छ । गठबन्धनतर्फबाट वडा अध्यक्षका उम्मेद्वार भएका नेपाली काँग्रेसका चन्द्र बहादुर श्रेष्ठले ९८५ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्दी एमालेका दिनेश आरनले ७२३ र स्वतन्त्र उम्मेद्वार रामचन्द्र अधिकारीले ४६ मत प्राप्त गरेका छन् । वडा नंम्बर ३ मा २६६५ मतदाता रहेकोमा १८७७ मत खसेको थियो ।

गाउँपालिका अध्यक्षमा गठबन्धन तर्फका उम्मेद्वार माओवादी केन्द्रकी दिपा बोहोरा (दाहाल) ले वडा नम्बर ३ बाट ५४४ र एमालेका उम्मेद्वार अशोकराज गिरीले १११८ मत प्राप्त गरेका छन् । भने उपाध्यक्षमा गठबन्धन तर्फका उम्मेद्वार नेपाली काँग्रेसका कपिल कोइरालाले १०४० र एमालेका उम्मेद्वार हेमा अधिकारीले ६६३ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस !