१९ बैशाख २०८१, बुधबार

मिक्लाजुङमा कांग्रेस विजयी

प्रकाशित मिति :  17 May, 2022 8:59 am


मोरङ। मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका बवीकुमार राईले आठ हजार २५३ मत प्राप्त गरी निर्वाचित भएका छन्।

उनकाे प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरेन्द्रप्रसाद ढुङ्गेल चार हजार ९१६ मत प्राप्त गरेका थिए। शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत सो गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का दिनेश पौडेल पाँच हजार ६२६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी एमाले निर्मल राईले पाँच हजार ४५५ मत प्राप्त गरेका थिए।



प्रतिक्रिया दिनुहोस !