१४ बैशाख २०८१, शुक्रबार

पाल्हीनन्दनमा माओवादी केन्द्र विजयी

प्रकाशित मिति :  20 May, 2022 8:02 am


नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बैजुप्रसाद गुप्ता दोस्रो पटक निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका राजेन्द्र साहनीलाई हराउँदै गुप्ता गाउँपालिका अध्यक्ष पदमा विजयी भएका हुन्। उनले साहनीलाई ८६ मतान्तरले पराजित गरेका हुन्। गुप्ताले चार हजार ३८१ तथा साहनीले चार हजार २९५ मत प्राप्त गरे।

उपाध्यक्षमा कांग्रेसकी फातुमा खातुन अन्सारी विजयी भएकी छिन् । माओवादी केन्द्रकी पावित्री कोंहारलाई ५१३ मतान्तरले हराउँदै उहाँ निर्वाचित भएकी हुन्।

अन्सारीले तीन हजार ६९८ तथा कोंहारले तीन हजार १८५ मत प्राप्त गरिन्। कूल ६ वडा रहेको यस गाउँपालिकामा तीनमा माओवादी केन्द्र, दुईमा कांग्रेस र एउटामा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) विजयी भएको छ ।

कांग्रेस वडा नं १ र ४, माओवादी केन्द्र वडा नं र ३, ५ र ६ तथा लोसपा वडा नं २ मा विजयी भएको छ । चौबिस हजार १४८ मतदाता रहेको यस गाउँपालिकामा १९ हजार ४४१ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस !