७ बैशाख २०८१, शुक्रबार

काठमाडौँ महानगरपालिका–३० मा कांग्रेस विजयी, महानगर प्रमुखमा बालेन्द्रकाे अग्रता कायमै

प्रकाशित मिति :  20 May, 2022 9:25 am


काठमाडाैं । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । दलबहादुर कार्कीको प्यानल नै विजय भएको हाे।  

कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराएका हुन् । कार्कीले दुई हजार ६१ तथा खड्गीले ९१६ मत गरे।

त्यसैगरी सदस्यमासमेत कांग्रेसका मनोजकुमार डङ्गोल र मिलनकुमार खड्का क्षत्री विजयी भएका छन् ।  महिला सदस्य र दलित महिला सदस्यतर्फ पनि कांग्रेसकै क्रमशः इन्दिरा श्रेष्ठ सिंह  र शर्मिला सुडी विजयी हुनुभएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत  राजुकुमार खतिवडाले जानकारी दिए।

त्यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपप्रमुखमा सुनिता डङ्गोलले अग्रता कायम राखेका छन्।

वडा नम्बर १, २, ३, ४, ५ र ३० को मत परिणाम सार्वजनिक भइसकेको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा एक लाख ९० हजारभन्दा बढी मत खसेको थियो । 



प्रतिक्रिया दिनुहोस !