१६ बैशाख २०८१, आइतबार

निर्वतमान अध्यक्षको स्मार्ट सिटी बनाउने सपना पूरा गर्छु: वालिङ नगरप्रमुख खाँण

प्रकाशित मिति :  20 May, 2022 1:24 pm


स्याङ्जा । स्थानीय तहको निर्वाचनमा स्याङ्जाको वालिङ नगरपालिकामा अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका कृष्ण खाँण र उपाध्यक्षमा नेपाली कांग्रेसकी कविता तिवारी विजयी भएका हुन् ।

खाँणले १३ हजार ७७६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार दिलिप प्रताप खाँणले ११ हजार ५९३ मत ल्याएर पराजित भए ।

नगरपालिका उपप्रमुखमा नेपाली कांग्रेसकी तिवारीले एमालेकी उम्मेदवार खगिसरा थापालाई ४ सय ८२ मतले अन्तरले हराइन । तिवारीले १२ हजार ८२२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्धन्दी थापाले १२ हजार ३४० मत ल्यााएर परााजित भइन् ।

कांग्रेसको गढ मानिने वालिङ नगरपालिका अहिलेको निर्वाचनमा नेकपा एमालेले आफ्नो पोल्टोमा पार्न सफल भएको छ । नवनिर्वाचित वालिङ नगरपालिका का अध्यक्ष कृष्ण खाँणले जनताको लागि आफू शासक होइन सेवक भएर काम गर्ने बताएका छन् ।

खाँणले सडक निर्माण कार्यलाई प्रथामिकता दिने कुरालाई जोड दिएका छन् । “नगरपालिकाका सडकको अवस्था नाजुक भएका कारण दुई दुई पटक सडक दुर्घटनाका कारण नगरवासीहरुले जीवन घुमाउन बाध्य भएका छन् दुर्घटना न्युनिकरणका लागि सडकमा नाला काट्ने देखि सम्भव हुने ठाउँमा सडक पिच गर्छु,’’ उनले भने ।

जनप्रतिनिधि भनेका जनता भन्दा ठूला हुन भन्रे छाप भएको भन्दै आफूबाट त्यो खालको व्यबाहर नहुने उनले बताए । खाँणले सबैलाई एक खालको व्यबाहर गरेर जनताको दाइभाइ भएर काम गर्ने बताएका छन् ।

निवर्तमान अध्यक्ष दिलिप प्रताप खाँणले नगरमा उनका कारणले गर्दा फोहर व्यवस्थापन गरेको भनेर भ्रम छरेको बताए । “उहाँ आउन भन्दा पहिला नै फोहोर व्यवस्थापन बारे छलफल भैसकेको थियो, त्यसैले उहाँलाई सजिलो भयो फोहोर व्यावस्थापन गर्न,’’ उनले भने ।

उनले भने,“नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले समृद्ध नेपाल सुखी नेपालीको नारा बाकेर हिडे जसरी मैले पनि वालिङका नागरिकलाई समृद्ध र सुखी बनाउनका लागि कृषि पशुपालन व्यवसायलाई प्रोत्साहन गर्ने, उत्पादन प्रशोधन र बजारीकरणको व्यवस्था गर्ने, उत्पादनको आधारमा अनुदानको व्यवस्था गर्ने, प्रविधिको औजारीकरण, सिचाँई योजना विस्तार गर्ने कार्यहरु गर्छु, ।’’

अघिल्लो पाँच वर्षमा स्मार्ट सिटी भनेर बजार क्षेत्रमा मात्र जोड दिइयो, तर आफूले विकास गर्दा सहरबाट गाउँ नभई गाउँबाट सहरको नारा लिएर काम गर्ने र जनताको लागि शासक नभई सेवक भएर काम गर्ने बताए ।

निर्वतमान अध्यक्षको पालामा सुरु भएको स्मार्ट सिटी बनाउने योजना साकार पार्ने कुरामा आफुले जोड दिने खाँणले बताएका छन् । उनले भने, “अहिलेसम्म स्मार्ट सिटी बनाउने सपनामात्र देखाएको र आफूले योजना बनाएर अघि बढ्छु ।’’

निर्वाचन जितेपछि आफू पार्टीको मात्र जनप्रतिनिधि नभएको बताएका छन् । उनले भने, “चुनाव जितेर गएपछि हामी सबैको साझा हौँ । कसैलाई काखा र कसैलाई पाखा राखेर काम गर्दैनौँ । हामी सँग भिजन छ काम गर्ने जोस छ जागर छ । जनताले मन पराउने कुरा यै नै हो ।’’



प्रतिक्रिया दिनुहोस !