८ बैशाख २०८१, शनिबार

विप्लवकाे पालिकामा प्रमुख राप्रपा, उपप्रमुखमा एमाले निर्वाचित

प्रकाशित मिति :  20 May, 2022 1:34 pm


काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) काे नगरपालिकाकाे प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टि र उप प्रमुखमा नेकपा एमाले निर्वाचित भएकाे छ।

कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा एमालेकी शिवकुमारी थारु निर्वाचित भएकी हुन्। प्रमुखमा थापाले सात हजार ६०२ र उपप्रमुखमा चाैधरीले सात हजार ९५५ मत प्राप्त गरका हुन्।

एघार वडा रहेको शिवराजमा सुरुआतदेखि अग्रता बढाउँदै गएका थापा अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहे। विसं २०७४ को निर्वाचनमा शिवराजको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले जितेको थियो।

तत्कालीन निर्वाचनमा थापा स्वयं राप्रपाबाट उम्मेदवार थिए। प्रमुखमा पराजित थापा मङ्सिरमा सम्पन्न सङ्घीय र प्रदेशको चुनावमा नेपाली कांग्रेस प्रवेश गर्दै प्रदेशसभामा चुनाव लडेका थिए।

नगरको उपप्रमुखमा भने शिवकुमारी थारु निर्वाचित भए । नगरमा रहेका ११ वडामा मिश्रित परिणाम आएको छ । तीन वडा कांग्रेस, तीन एमाले, दुई/दुई माओवादी र लोसपा, एक वडामा जसपाले जीतेकाे छ ।



प्रतिक्रिया दिनुहोस !