१५ बैशाख २०८१, शनिबार

फेदीखोलाका अध्यक्ष सुवेदीकाे पहिलाे निर्णय, विपन्र तथा दलित विद्यार्थीका लागि छात्रवृत्ति

प्रकाशित मिति :  22 May, 2022 12:25 pm


स्याङ्जा । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष घनश्याम सुवेदीले विपन्र तथा दलित विद्यार्थीहरुका लागि छात्रवृत्तिकाे व्यवस्था गर्ने निर्णय गरेका छन् ।

सुवेदीले स्थानीय तह सदस्य निर्वाचनमा अध्यक्षमा विजयी भएपछि पद बहाली गर्दै एक वर्षमा ३० जना विद्यार्थीको लागि छात्रवृत्ति उपलब्ध गराउने पहिलाे निर्णय गरेका हुन्।

प्राविधिक शिक्षा अध्ययन गर्न चाहाने तर आर्थिक अभावका कारण पढाइबाट बञ्चित हुन नपरोस भनेर आफ्नो दोस्रो कार्यकालको पहिलो निर्णय विपन्न र दलित विद्यार्थीहरुका लागि प्रविधिक शिक्षा अध्ययन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो निर्णय लिएको बताए ।

अध्यक्ष सुवेदीले भने, “प्रविधिक शिक्षातर्फ विभिन्न विषयमाअध्ययन गर्ने विद्यार्थीहरुलाई प्रत्येक वर्ष ३० जनाका दरले गाउँपालिकाले छात्रवृत्ति उपलब्ध गराउन बजेटको माग गरेर स्वरोजगार पालिका बनाउने याेजना छ।’’

वैशाख ३० गतेको निर्वाचनमा नेकपा एमालेबाट सुवेदी र कांग्रेस तर्फबाट लक्ष्मी प्रसाद बराल उम्मेदवार बनेका थिए। सुवेदीले बराललाई १३२ मतले अन्तर पार्दै ३ हजार ८३६ मत प्राप्त गरेका थिए। बरालले ३ हजार ७०४ मत ल्याएका थिए।



प्रतिक्रिया दिनुहोस !