७ बैशाख २०८१, शुक्रबार

निर्वाचन साैहार्दपूर्ण सम्पन्न भएकाे एमाले वालिङ नगर कमिटीकाे ठहर

प्रकाशित मिति :  22 May, 2022 2:07 pm


स्याङ्जा । स्याङ्जाकाे वालिङ नगरपालिकास्थित नेकपा एमाले वालिङ नगर कमिटिले स्थानीय तह सदस्य निर्वाचन साैहार्दपूर्ण रुपमा सम्पन्न भएको ठहर गरेकाे छ । कमिटिले मतदाता, कर्मचारी, सुरक्षा निकाय र पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आभार प्रकट गरेको छ ।

वालिङमा जेष्ठ ५ गते मतगणना समेत सम्पन्न भएको छ। यसअघि नेपाली कांग्रेसबाट नगर प्रमुखसहित बहुमतमा रहेकाेमा याे पटककाे चुनावमा प्रमुख तथा ८ जना वडा अध्यक्षहरु एमालेबाट विजयी भएका हुन्।

पहिलाे पटक एमालेकाे तर्फबाट प्रमुख तथा धेरै वडामा वडा सदस्यहरु विजयी हुनु एतिहासिक उपलब्धीका रूपमा लिँदै आभार व्यक्त गरिएकाे छ। नगर कमिटिका अध्यक्ष शोभाकान्त पौडेल र सचिव यमकान्त खनालद्धारा हस्ताक्षरित आभारपत्रमा भनिएको छ, “निर्वाचित उम्मेदवारहरुले प्रमाणपत्र ग्रहण गरी सपथ समेत लिईसकेको भन्दै निर्वाचनमा खटिने पार्टीका शुभेच्छुक, कार्यकर्ता, नेता एवं आम मतदाताहरुलाई पार्टीको तर्फबाट आभार व्यक्त गर्दछौँ ।”

निर्वाचन अभियानमा सबै उम्मेदवार, उम्मेदवार प्रतिनिधि, निर्वाचनमा खटिने कर्मचारी, सुरक्षा संयन्त्रका कर्मचारी, मिडियाकर्मी, पर्यवेक्षकहरु तथा सम्पूर्णमा आभार व्यक्त गरिएकाे हाे । निर्वाचन सम्पन्न भईसकेकाले अब नगरका हरेक काममा सम्बन्धित सबै पक्षसंँग समन्वय गदै सदासयताका साथ अघि बढने समेत आभार पत्रमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !