१६ चैत्र २०८०, शुक्रबार

राेल्पा नपाका निवर्तमान पदाधिकारीकाे विदाइ र नयाँकाे स्वागत, जनभावना अनुसार काम गर्ने प्रतिवद्धता

प्रकाशित मिति :  22 May, 2022 2:33 pm


राेल्पा। राेल्पा जिल्लाकाे एक मात्र नगरपालिका राेल्पा नगरपालिकाका निवर्तमा पदाधिकारीकाे विदाइ र नव निर्वाचित पदाधिकारीकाे स्वागत कार्यक्रम सम्पन्न भएकाे छ ।

नगरपालिकाको आयोजनामा रोल्पा उद्याेग वाणिज्यकाे हलमा आइतबार आयोजित कार्यक्रममा बाेल्दै निवर्तमान नगरप्रमुख पुर्ण केसी र निवर्तमान उपप्रमुख मनकुमारी घर्तीले ५ वर्षेकार्यकाल सुखद रहेको बताउनुभयो । आफ्नाे पाँच वर्षे कार्यकाल सुखद रहेको बताउँदै नयाँ पदाधिकारीकाे कार्यकालकाे सफलताकाे कामना गरेका छन्।

निवर्तमान पदाधिकारीले पाँच वर्षमा वर्षेकार्यकालमा पुर्वाधारका क्षेत्रमा धेरै काम भएको बताएका छन्। शिक्षा, स्वास्थ्य, मानविय विकासका लागि जनताका अवस्था परिवर्तनका लागि आफूहरुले शुरुवात गरेको र अहिलेका नव निर्वाचितहरुले स्तरउन्नति, नगरमा सुशासन, आर्थिक पारदर्शिताको दृष्टिकोणले नमूना काम गर्न शुभकामना व्यक्त गरे ।

नवनिर्नवाचित नगर प्रमुख सुरेन्द्र थापा घर्ती र उपप्रमुख गिता आचार्यले बिदाइ भएर जाने सबै जनप्रतिनिधिहरुको कामको मुल्याङ्कन गर्दै आभार व्यक्त गरे। नगरवासीले जुन अपेक्षासहित विजयी गरेका छन् त्यसकाे पूर्णताका लागि जनभावना अनुसार काम गर्नेमा जोड दिए।



प्रतिक्रिया दिनुहोस !