१२ बैशाख २०८१, बुधबार

वर्तमान सरकार आएपछि एउटा दाना पनि रासायनिक मल भित्रिएको छैनः पूर्व कृषि मन्त्री अर्याल

प्रकाशित मिति :  28 May, 2022 2:41 pm


काठमाडौं । पूर्व कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्यमा अर्यालले सरकारले कृषिलाई वेवास्ता गरेको बताएकी छिन् । उनले बर्तमान सरकारले रासायनिक मलको आपूर्ति गर्न नसकेको र एउटा दाना पनि रासानिक मल नभित्र्याएको दाबी गरिन् ।

प्रतिनिधीसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै अर्यालले मलको हाहाकार भइरहँदा सरकारले किसानको समस्या समाधान गर्न नसकेको बताएकी हुुन् । उनले नीति तथा कार्यक्रममा कृषि क्षेत्रको लागि नयाँ पन र नयाँ कार्यक्रम नभएको बताइन् ।

“किसानहरु छटपटाइरहेको, रोइरहेको विषय रासायनिक मलको विषय छ,” उनले भनिन्, “बहुवर्षीय जीटूजी गर्ने र तत्कालको समस्या समाधान गर्ने भनेर अघिल्लो सरकारको पालामा भारत लगायत अन्य मुलुकसँग प्रक्रिया अगािड बढाइएको थियो तर वर्तमान सरकार सत्तामा आसिन भएपछि यो मुलुकमा एउटा दाना पनि सारायनिक मल भित्रिएको छैन ।”

वर्तमान सरकारले मल खरिदको नयाँ प्रक्रिया नै सुरु नगरेको र भएका ठेक्काहरु रद्द गरिएको आरोप उनको छ । “अब मल आउने सुनिश्चित छैन, आश्वस्त बनाउने कुनै आधारहरु छैन तर नीति कार्यक्रममा लेखिएको छ रासायनिक मलको सुनिश्चितता गरिनेछ भनेर,” उनले भनिन्, “मलको अभावमा किसानको उत्पादन घट्ने स्थिति छ, आत्मनिर्भरतको कुरा गरिएको छ । उत्पादन घटेर कसरी आत्मनिर्भरतामा कसरी पुग्न सकिन्छ?”

जतातनै मलको अभाव नै अभाव रहेको सन्दर्भमा वर्तमान सरकारले आफू मन्त्री हुँदा अगाडि बढाएको स्वदेशमा नै रासायनिक मल कारखाना खोल्ने योजना नीति तथा कार्यक्रममा नराखिएको गुनासो उनको छ ।

प्रतिवर्ष १३ लाख ५० हजार मेटन आवश्यक पर्छ पर्ने अवस्था भएपनि सरकारले काम गर्न नसकेको आरोप उनको छ । नीति तथा कार्यक्रमले कृषिमा आत्मनिर्भरतालाई प्राथमिकतामा राख्न उनको सु्झाव छ ।



प्रतिक्रिया दिनुहोस !