१६ बैशाख २०८१, आइतबार

माध्यमिक तहसम्म निःशुल्क शिक्षा पूर्ण रुपमा कार्यान्वयन हुनुपर्छः सभापति घर्ती

प्रकाशित मिति :  28 May, 2022 3:21 pm


काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ समितिकी सभापति जयपुरी घर्तीले माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्थालाई पूर्ण रुपमा लागू गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधीसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै घर्तीले विद्यालयहरुमा भौतिक पूर्वाधार र जनशक्ति बढाएर निशुल्क शिक्षाको व्यवस्था पूर्ण कार्यान्वयन गर्नु पर्ने बताइन् ।

उनले प्राविधिक र व्यवसायीक शिक्षामा जोड नीति अवलम्बन गरेर रोजगारीको अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।

“सातै प्रदेशमा टिचिङ र बीर जस्ता अस्पताल हुनुपर्छ,” घर्तीले भनिन्, “सात प्रदेशमा मेडिकल कलेजलाई व्यवस्थित गर्नुपर्छ ।” उनले हरेक पालिकामा स्वास्थय संस्थाको व्यवस्था हुनपर्ने बताइन् ।

अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने गरी नीतिले कृषि र उद्योगलाई प्राथमिकता दिनु सकारात्मक रहेको टिप्पणी गर्दै उनले कृषिलाई व्यवसायीमूलक, यान्त्रिकरण, मल बिउको उपलब्धतामाथि उनको जोड छ ।



प्रतिक्रिया दिनुहोस !