२२ बैशाख २०८१, शनिबार

बालेनले सुनितालाई सपथ खुवाए, कामपाका १६० जनप्रतिनिधिले लिए शपथ

प्रकाशित मिति :  30 May, 2022 1:37 pm


काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख सुनिता डंगोललाई सोमबार राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ गराउँदै काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह । तस्बिर: प्रदीपराज वन्त/रासस

काठमाडाैं। काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

सर्वाधिक चर्चामा रहेका महानगरप्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगाेलसहित १६० जनप्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यालय सपथग्रहण गरेका हुन् ।

राष्ट्रियसभा गृहमा साेमवार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शाहलाई शपथ गराएका हुन् ।

सो लगत्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराए। 

उपप्रमुख डङ्गोलले नेपाल भाषामा शपथ लिएकी थिइन् । प्रमुख साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा बढेका थिए । 

शपथ ग्रहण समारोहमा प्रमुखमा निर्वाचित शाह दौरा सुरुवाल, कोट र भादगाउँले टोपीमा र उपप्रमुख डङ्गोलले हातले बुनेको ढाकाको साडी, चोलोका साथ सहभागी भए । समारोहमा नवनिर्वाचित १६० जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो । 

प्रमुख साह र उपप्रमुख डङ्गोलले आजै पदवहाली गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा मुख्य निर्वाचन अधिकृत खतिवडाले जनताले दिएको मतलाई शिरोधार्य गरेर जनताको सेवा गर्न गरे  । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल निर्वाचित भएका हुन् । 

गत वैशाख ३१ गते बिहानदेखि कामपाको मतगणना सुरु गरिएको थियो । महानगरको अन्तिम मतपरिणाम गत शुक्रबार मात्रै सार्वजनिक भएको थियो । 

वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नै परेन । कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जनाको उम्मेदवारी परेको थियो । कामपाको ३२ वडामध्ये १९ वडामा नेपाली कांग्रेस र १२ वडामा एमाले विजयी भएको छ । एक वडामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । 

तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ मत खसेको थियो । सात हजार ६८२ मत पूर्ण बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !