२३ बैशाख २०८१, आइतबार

ओली र देउवापछि बालेनलाई सहयोग गर्ने प्रचण्डको प्रतिवद्धता

प्रकाशित मिति :  4 June, 2022 10:07 am


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । चुनावको नतिजा नआउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न बालकोट पुगेका शाह यसअघि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देवासँग पनि भेट गरिसकेका छन् ।

उनले काठमाडौंको फोहर लगायतका समस्या समाधान गर्न संघ, प्रदेश र स्थानीय सरकारका अधिकारी तथा राजनैतिक दलहरुसँग निरन्तर भेटघाट अगाडि बढाउँदै आएका छन्।

शाहलाई ओली, देउवा र प्रचण्डले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । “तपाईँको जित बहुत ठूलो क्रान्ति हो । पहिलेका मेयरहरू कुनै एउटा पार्टीसँग अलाइन्स भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईले पहिलो पटक सबैलाई मिलाएर – सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सहरानिय छ त्यसैले हजुरलाई हाम्रो सधैंभरी साथ र सहयोग हुनेछ,” शनिवार प्रचण्डले शाहसँग भनेका छन् ।



प्रतिक्रिया दिनुहोस !