२४ बैशाख २०८१, सोमबार

राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीकाे नियमित स्थलगत निरीक्षण गर्ने, कम्पनीले काराेबारकाे सबै तथ्याङ्क उपलब्ध गराउनु पर्ने

प्रकाशित मिति :  9 June, 2022 2:57 pm


काठमाडाैं। नेपाल राष्ट्र बैंकले रेमिट्रयान्स कम्पनीकाे स्थलगत निरीक्षण गर्ने भएकाे छ । हरेक रेमिट्यान्स कम्पनीकाे कम्तिमा दुइ वर्षमा एक पटक स्थलगत निरीक्षण गरिने भएकाे हाे ।

राष्ट्र बैंकले जारी गरेकाे ‘नेपाल राष्ट्र बैंक विप्रेषण काराेबार निरीक्षण तथा सुपरिवेक्षण नियमावली, २०७९’ जारी गर्दै राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी विप्रेषण काराेबारमा संलग्न फर्म, कम्पनी वा संस्थाकाे नियमित निरीक्षण तथा सुपरीवेक्षण गरिने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !