१८ बैशाख २०८१, मंगलबार

पुँजीबजार सुझाव समितिप्रति लगानीकर्ताको असन्तुष्टी, आन्दोलन जारी रहने

प्रकाशित मिति :  9 June, 2022 6:23 pm


काठमाडौं । पुँजीबजारको सुधार र विकासको माग राख्दै लगानीकर्ताले आज चौथो दिन बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिएका छन्। पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाको नेतृत्वमा आज पनि लगानीकर्ताहरुले माइतीघर मण्डलामा भेला भएर आन्दोलन जारी राखेका हुन्।

आन्दोलनमा संयोजक कोइरालाले अब लगानीकर्ताहरुले घाटामा कर नतिर्ने बताएका छन् । ”अब लगानीकर्ताले हरेक कारोबार पूँजीगत लाभकर तिर्दैनौँ अहिले कै दरमा कर तिर्न तयार छौं बरु तर वार्षिक रुपमा भएको आम्दानीको मात्र तिर्छौं,” कोइरालाले भने।

आन्दोलनमा आफ्नो मन्तव्य राख्दै यसरी सडकमा आएर आन्दोलन गर्नुपर्दा आफैँलाई लाज लागेको नेपाल उद्योग वाणिज्य महासंघको पूँजीबजार फोरमका सभापति तथा नेपाल नेपाल इन्भेष्टर्स फोरमका पुर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले बताए।

आन्दोलनमा बोल्दै उनले भने, ”यो विश्वमै कही पनि नहुने कुरा हो तर हामी बाध्य छौँ । यो हाम्रो रहर नभई बाध्यता हो यहाँ सरकारले हामीलाई सडकमा आउन बाध्य नै बनायो ।“ आन्दोलमा विभिन्न लगानीकर्ता संघ संगठनका नेताहरुको उपस्थिति रहेको थियो।

पौडेलले फेसबुकमार्फत स्टाटस लेख्दै सुझाव समिति गठनको विषयमा आपत्ति जनाउँदै लेखेका छन् ”सिकिस्त अवस्थामा पुगेको विरामीलाई उपस्थिती नै नगराई उपचार गरेर बिरामी निको होला त महोदय?”

लगानीकर्ताको मागलाई समर्थन गरी नेपाल इन्भेन्टर्स फोरमको नेतृत्व गर्दै अध्यक्ष तुलसीराम ढकाल पनि माइतिघर पुगेका छन्।
आन्दोलनमा सबै लगानीकर्ता एकताबद्ध हुनुपर्छ भन्दै ढकालले पुँजीबजार सुधारकाे लागि गठन गरिएको सुझाव समितिमा लगानीकर्ताको प्रतिनिधित्व नभएकोमा आपत्ति जनाए।

धितोपत्र बोर्डको ३० औ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यंक्रममा अर्थमन्त्री जर्नादन शर्माले पुँजीबजार सुधार गर्न सुझाव समिति गठन गरिएको बताएका थिए।



प्रतिक्रिया दिनुहोस !