८ बैशाख २०८१, शनिबार

सोमबार १५ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब मुनि

प्रकाशित मिति :  13 June, 2022 3:48 pm


काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक १५ अंकले घटेको छ भने कारोबार रकम पनि १ अर्ब मुनि खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २०३२.३४ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.२७ अंकले घटेर ३८९.९८ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा सानिमा बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ९ करोड १६ लाख १ हजार ५७४ रूपैयाँ बराबरको कारोबार भएको हो ।

बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी वटै कम्पनीको सेयरमूल्य क्रमश ९.९९ र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै आज दिन मानुषीलघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको सेयरमूल्य ५.४० प्रतिशतले घटेको छ ।

कूल २३० वटा कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता सेयर खरिदबिक्री हुँदा ९९ करोड ८६ लाख ७४ हजार २६२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !