२३ बैशाख २०८१, आइतबार

सफलताको सूत्र बजारमा

प्रकाशित मिति :  19 June, 2022 11:40 am


काठमाडौं । साहित्यकारद्वय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्वारा संयुक्त लिखित निबन्ध संग्रह ‘सफलताका सूत्र’ विमोचन भएको छ ।

नेपाली भाषा साहित्यका मूर्धन्य प्रा. डा. वासुदेव त्रिपाठी, नेपाली भाषा साहित्यका प्रखर विद्वान प्राध्यापक गोपी कृष्ण शर्मा, प्रा. डा. भागवत ढकाल, प्राज्ञ दिनेशराज पन्त, कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, योजना आयोगका सचिव केवल प्रसाद भण्डारी, पूर्व सचिव शंकर प्रसाद पाण्डे र दायित्व वांगमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले संयुक्तरूपमा विमोचन गरेका थिए ।

दायित्व वांगमय प्रतिष्ठानद्वारा प्रकाशित भएको उक्त कृति हिजो शनिबार प्रज्ञा भवनमा लोकार्पण भएको हो ।



प्रतिक्रिया दिनुहोस !